Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सुन तस्करीमा संलग्नलाई कडा कारबाहीको चेतावनी


0
Shares

                                                                    फाइल फोटो
उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थ मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक पूर्वाग्रह राखेर त्यसो गरिएकामा खेद प्रकट गरेको छ ।

मन्त्रालयले कर फछ्र्योट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको तर त्यस सम्बन्धमा कुनै निर्णय नभएको पनि प्रस्ट पारेको छ । रासस