
कृष्ण बोहोरा (इमेज)
जुम्ला, असार २२ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले जनताका जायज मागप्रति निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा सन्चारकर्मीहरुसँग उनले सरकारले पुरानो सरकारसँगको सम्झौता उल्लंघन गरेर निजी क्षेत्रलाई मेडिकल खोल्न दिने विधेयक संसदमा लगेर मेडिकल माफियाहरुलाई हावी बनाउन खोजेको बताए ।
१५औंपटकको अनशनको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
डा. केसीको स्वास्थ्यस्थिति स्थीर रहेकाले विशेष उपचारकक्षमा उपचार भइरहेको चिकित्सकहरुले जनाएका छन् ।
उपचारका लािग कर्णालीका चिकित्सकहरु पनि सक्षम रहेको भन्दै डा. केसीले काठमाडौंबाट आएको चिकित्सकको टोलीलाई फिर्ता पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्