
नवलपरासी । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ ।
८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन ।
काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।
आगजनीबाट ट्रकका टायर र पछाडीको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ ।
यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ ।
बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ ।
विप्लव समूहको वन्दको प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस्