२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘नेपालमा पाइने हिमचितुवा लोप हुनसक्ने खतरा बढ्यो’


0
Shares

वन तथा भूसंरक्षण मन्त्रालयको आयोजनामा मंगलबारदेखि राजधानीमा सुरु भएको हिमचितुवासम्बन्धी सम्मेलनमा विज्ञहरुले वातावरणीय प्रभाव र विकास–निर्माण आयोजनाहरुका कारण हिमचितुवाको बासस्थानमा प्रतिकूल असर परिरहेको बताएका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले नेपालको हिमाली क्षेत्रहरुमा पाइने हिमचितुवा संरक्षणका लागि वैज्ञानिक अनुसन्धान भइरहेको बताए ।

उनले सरकारले हिमाली भेगका जनताका लागि हिमचितुवा संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको पनि बताए ।

नेपालमा पाँच सय हिमचितुवा रहेको तथ्यांकक छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल चीन, भारत, अफगानिस्तान, काजखस्तान, रुसलगायत १२ ओटा देशका हिमचितुवासम्बन्धी विशेषज्ञहरु सहभागी छन् ।