२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारमा जाने कुरा हल्लामात्रै, ८ प्रदेश हुनुपर्छ : गच्छदार


0
Shares

                                                                                                    फाइल फोटो
मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर–४ सुनसरीले मंगलबार सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्लामात्रै भएको बताए ।

उनले संविधान संशोधन गरी सात प्रदेशबाट आठौं प्रदेश बनाउनुपर्ने तर्क गरे ।

गच्छदारले संविधानमा सबैको अपनत्व नभएसम्म कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै संविधान कार्यान्वनका लागि सबै आदिवासी जनजाति, मधेसी मुस्लिमको माग सम्बोधन गर्नसमेत आवश्यक रहेको उल्लेख गरे । रासस