काठमाडौं, फागुन २९ । उपभोक्ता हित र उपभोक्ता स्वास्थ्यका लागि उपभोक्ता सचेतनामा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा सहभागीहरुले प्रविधिको प्रयोगसँगै भएको परिवर्तनमा उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव पर्नसक्ने भएकाले उपभोक्ता सचेतना अपनाउनुपर्नेमा जोड दिइएको हो ।
खाद्यवस्तु तथा सेवाको उपभोगमा पनि उपभोक्ता चेतना आवश्यक रहेको उनीहरुको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्