२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हेटौंडामा घर भत्काउँदा झडप, एक प्रहरी घाइते, दुई हजार घर भत्काउनु पर्ने


0
Shares

स्थानीयको आक्रमणबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । घर–जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले भने सडक विस्तारको काम नरोकिने जनाएको छ । राजमार्ग विस्तारको लागि त्यस वरपरका करिब दुई हजार घर–टहरा भत्काउनु पर्ने जनाइएको छ ।