
काठमाडौं, फागुन २९ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ ।
सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगरलगायत छन् ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।
प्रदर्शनकारीहरुले ‘११ बुँदे नौटंकी अपराधजन्य सहमति’, ‘सार्वभौमसत्तामाथि खेलवाड बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्