Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


स्कुटीलाई ट्रकको ठक्कर, युवतीको ज्यान गयो


0
Shares

दमौली, फागुन २९ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको दमौली–खैरेनीटार सडकखन्डमा बुधबार भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागन्डकी नगरपालिका–५, बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ग१ख ४८५६ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग११प १८५६ नम्बरको स्कुटरलाई म्याग्दे गाउँपालिका–४, मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन् ।

उनको दमौली अस्पतालमा उपचारकाक्रममा बिहान ११ः२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस