
सोमबार भएको क्वार्टरफाइनलमा झापा–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक–एक गोल गरे ।
आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापाले प्रिक्वार्टरफाइनलमा एएनए अमेरिकालाई हराएको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार संकटा क्लब र फारासगन्ज स्पोर्टिङ क्लब खेल्दैछन् ।
संकटाले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो भने फरासगन्जले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।
प्रतिक्रिया दिनुहोस्