मंगलबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि जानकारी गराएका छन् ।
उनले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् ।
जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्