Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


संविधान संशोधनले मधेसको भावनाको कदर हुन्छ : देउवा


0
Shares

त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटोमा हिँड्नसके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे ।

संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे ।

निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले ‘संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प हो’–भने ।

कांग्रेसका नेता एवं गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले ‘नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन्’–भने ।

जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गरेका थिए । रासस