पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिवसको अवसरमा नाजी शिविरमा मारिएकी अन्ना फ्र्यांकको डायरीमा आधारित नाटक मन्चन गरिने जानकारी दिइएको छ ।
‘वान वर्लड’ थियटरकी निर्देशक डेबोरा मेरोलाले निर्देशन गरेको उक्त नाटक शुक्रबार बज्र होटेलमा मन्चन गरिने छ ।
सर्वसाधारणका लागि भने माघ २१, २२ र २३ गते पाटनढोकाको यलमाया केन्द्रमा मन्चन गरिने बताइएको छ ।
नेदरल्यान्डकी यहुदी परिवारकी १५ वर्षीया अन्ना फ्र्यांकलाई नाजी यातना शिविरमा मारिएका लाखौं युवाहरुको प्रतीककोरुपमा लिइन्छ ।
दुई वर्ष एक महिनासम्म आफ्नो परिवारसँग लुकेर बसेकी अन्नाको नाजी यातना शिविरमा भोकका कारण मृत्यु भएको थियो ।
उनले आफ्नो १३औं जन्मदिनमा उपहार पाएको डायरीमा लुकेर बसेको अवस्थादेखि नाजी शिविरमा बस्दाखेरीको पीडा लेखेकी थिइन् ।
उनको यो डायरी उनको मृत्युको १० वर्षपछि सार्वजनिक भएको थियो ।










प्रतिक्रिया दिनुहोस्