
राज्य व्यवस्था समितिले लामो छलफलपछि पारित गरेको विधेयक मंगलबार समितिका सभापति दिलबहादुर घर्तीले संसदमा पेस गरेका हुन् ।
दुबै विधेयकलाई सोमबार बसेको राज्य व्यवस्था समिति बैठकले पारित गरेको थियो ।
विधेयकका कतिपय विषय विवादित बनेपछि समितिले उपसमिति गठन गरेर त्यसको निरुपण गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्न दल विशेषले निश्चित प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने सीमा अर्थात् ‘थ्रेसहोल्ड’ उल्लेख गर्ने/नगर्ने भन्ने विषयमा भने समिति निर्णयमा पुग्न सकेको छैन ।
साथै, दुई वा दुईभन्दा बढी दलहरु मिलेर निर्वाचन लड्दा एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने/नपाउने विषयमा पनि समितिले कुनै निर्णय दिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्