Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘प्रहरी र सरकारी वकिलबीच समन्वय आवश्यक’, राष्ट्रिय सम्मेलन हुँदै


0
Shares

राष्ट्रिय सम्मेलनको सम्बन्धमा जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कुनैपनि अपराधमा पीडितले न्याय र अपराधीले दन्ड पाउनका लागि अभियोजनकर्ता प्रहरी र सरकारी वकिलबीच समन्वय आवश्यक हुने बताए ।

उनले यी दुई निकायबीच समन्वय नभएमा उचित न्याय सम्पादन हुन नसक्ने पनि बताए ।

यसैगरी, महान्यायाधिवक्ता रमण श्रेष्ठले सरकारी वकिल र प्रहरी अभियोजनकर्ताबीच समन्वय नहुँदा एक–अर्कालाई दोष दिने तर उपयुक्त न्याय सम्पादन हुन नसक्ने गरेको बताए ।

यही माघ १४ गतेदेखि १६ गतेसम्म हुने सम्मेलनमा न्यायालयसँग सम्बन्धित सरकारी वकिल र नेपाल प्रहरीको तर्फबाट ५ सय ३५ जना सहभागी हुनेछन् ।