काठमाडौं, फागुन २७ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो ।
उतार–चढावबिच नेप्से १४ अंकले सकारात्मक रहेर ११ सय ४२ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका सबैजसो समूह सकरात्मक रहेसँगै नेप्सेपनि सुधारिएको हो ।
यसदिन कारोबार सुरु भएदेखि बजार सकारात्मक रहेको हो । यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ७९ अंकले उक्लियो ।
यस्तै, विकास बैंक, होटल, बैंकिङ, जलविद्युत्, लघुवित्त समूहपनि दोहोरो अंकले उक्लिए । अन्य समूह भने नगन्य अंकले रातो रह्यो ।
आइतबार अनलाइन प्रणालीमा समस्या आएसँगै ९ करोडमा खुम्चिएको कारोबारमा सोमबार सुधार आयो ।
आइतबार ‘प्रोटोकल लेयर’मा समस्या आएपछि नेप्सेले ५० ओटै ब्रोकरको कार्यालयमा गइ समाधान गरेको थियो ।
नेटवर्किङका कारण आइतबार समस्या आएपनि अब भने त्यस्तो समस्या दोहोरिन नदिने नेप्सेको दाबी छ ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका १३ लाख ४७ हजार कित्ता सेयर ४० करोड २८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्