Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सहिद दिवसमा ‘अहिलेसम्मकै’ ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने


0
Shares

                                                                                          फाइल फोटो
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरे ।

‘करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर नीलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौंको माइतीघरमन्डलामा फहराइनेछ’–ढुंगानाले भने ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघरमन्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ । रासस