अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको शुक्रबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले सरकारी वकिलहरुको सेवा–सुविधा बढाउने र उनीहरुको भूमिकालाई प्रभावकारी बनाउने गरी कानुन तर्जुमा गरिने बताए ।
सबैको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा हुने भन्दै प्रधानमन्त्री दाहालले सहयोगका लागि सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायकले उच्च न्यायालयमा न्यायाधीशहरुको नियुक्ति पारदर्शी भएको दाबी गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा न्यायाधीश नियुक्ति सच्चाउन माग गरे ।
यस्तै, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराधीलाई राजनीतिक संरक्षण गर्ने काम रोक्न दलहरुलाई आग्रह गरे ।
कार्यक्रममा अन्य वक्ताहरुले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुबीचको समन्वयमामात्र दोषीले दन्ड र पीडितले न्याय पाउने बताएका थिए ।
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत् हुनेछन् । सम्मेलनमा पाँच सयजनाभन्दा बढी सहभागी छन् ।










प्रतिक्रिया दिनुहोस्