हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको सदरमुकाम धुन्चेसहित लाङटाङ, गत्लाङ, बृद्धिमलगायतका गाविसको जनजीवन प्रभावित भएको छ भने जिल्लाको तल्लो भागका ८ ओटा गाविसमा पानी परेकोे छ ।
चिसोका कारण भूकम्पले घर भत्किएर नयाँ घर बनाउन लागेका भूकम्पपीडित तथा विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा बस्दैै आएका भूकम्पप्रभावित थप मर्कामा परेका छन् ।
वर्षा तथा हिमपातका कारण कृषकहरु खुसी भएका छन् भने चिसोमा ख्याल गर्न स्वास्थ्यकर्र्मीहरुको सुझाव छ ।










प्रतिक्रिया दिनुहोस्