काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएपनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन ।
२७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे ।
बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।




प्रतिक्रिया दिनुहोस्