Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


निर्वाचनबारे सभामुख घर्ती र पूर्व सभामुख नेम्वाङको ‘कुरै मिल्दैन’


0
Shares

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले निर्वाचनसम्बन्धी दुई वटा विधेयक संसदबाट पास भइसकेको र बाँकी चार वटा विधेयक एक साताभित्र पास हुने भएकाले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई कुनै समस्या नहुने बताइन ।

उनले निर्वाचनका लागी अब कानुनी अड्चन नरहने भन्दै निर्वाचनको मिति तोक्न दलिय सहमति मात्र आवश्यक रहेको स्पष्ट पारिन् ।

अहिलेको गतिरोध अन्त्यका लागि निर्वाचन घोषणा अगावै दलहरुबीच संविधान संशोधनलगायतका विषयमा सहमति हुनुपर्ने उनको भनाइ थियो ।

यता, नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता नेम्वाङले मुलुकका अगाडि निर्वाचन गर्नुको कुनै विकल्प नरहे पनि सरकार अहिले निर्वाचनबाट भागिरहेको बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले निर्वाचनका लागि आवश्यक कानुनसमेत संसदमा पेश गर्न सरकारले आलटाल गरिहरको आरोप लगाए ।

Skip This