Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सोलुखुम्बुमा ‘अहिलेसम्मकै बढी’ हिमपात, खुम्जुङको तापक्रम माइनस ११ डिग्री


0
Shares

                                              दृष्यः जुम्ला सदरमुकाम खलंगामा शुक्रबार जमेको हिउँ । तस्वीरः कृष्ण बोहरा/इमेज ।
शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।

जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुन्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् ।

यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भएपनि त्यसबेलाकोभन्दा यसपटक बढी हिउँ जमेको छ ।

हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । शनिबार बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ ।

यस्तै, खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ ।

हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कस्टकर बनेको छ ।

रातभर हिउँ परेको भएपनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ । रासस