सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले प्राप्त उपलब्धिको रक्षा गर्दै गणतन्त्र संस्थागत गरिने बताए ।
सरकार खुकुरीको धारमा रहेर चुनौतीको सामना गरी अघि बढेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले मधेसी र आदिवासी–जनजातिका मुद्दालाई स्थापित गर्ने गरी संविधान संशोधन गरेर मुलुकलाई निर्वाचनतर्फ लैजाने पनि बताए ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिचानसहितको संघीयता कार्यान्वयन गर्न खुट्टा नकमाउन प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।
राष्ट्रिय एकता नभए लोकतन्त्रसहितका प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा अरु वक्ताहरुले आदिवासी जनजातिका मुद्दालाई संविधान संशोधनमार्फत् सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए ।
ल्होसारको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





प्रतिक्रिया दिनुहोस्