Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको रावलको आरोप


0
Shares

                                                                                             फाइल फोटो
कन्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश नम्बर–७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन नसके मुलुकको राजनीति अप्ठ्यारोमा पर्ने बताए ।

‘दिगो शान्ति, राजनीतिक स्थायित्व, जनताको हक–अधिकारका लागि पनि निर्वाचन गर्नुपर्छ’–रावलले भने–‘नेकपा एमाले तत्काल निर्वाचन गराउन माग गर्दछ ।’

वर्तमान सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उनले स्वाभिमानलाई कमजोर हुन नदिन प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद अवरुद्ध गर्नुपर्ने बताए ।

‘संविधान स्वाभिमान बचाउन ल्याइएको हो’–रावलले भने–‘स्वाभिमान कमजोर पार्न र एकताबद्ध भएको तराई, पहाड–हिमाललाई टुक्र्याउन होइन ।’

संविधान संशोधन जनताको इच्छा, आकांक्षा नभएको दाबी गर्दै उनले राजनीतिक स्थिरता हुन नदिने षड्यन्त्र भइरहेको धारणा राखे ।

संविधान संशोधन गरेर कुनै समस्या समाधान नहुने उनको भनाइ थियो । रासस

 

Skip This