Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


डोटीमा ब्यापक बन फडानी, उपभोक्ता, ठेकेदार र कर्मचारीकै मिलेमतो


0
Shares

-केशबचन्द्र महरा,ईमेज

जसमा उपभोक्ता, ठेकेदार र बन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक बन, मसानी सामुदायिक बन, सिद्धबाबा सामुदायिक बन र परिवर्तन सामुदायिक बनमा फडानी भैरहेको छ ।

फडानी प्रक्रिया पूर्ण रुपमा अबैधानिक रहेको पाइएको छ । जसमा प्रक्रिया मिलाउन खोजिएपनि काम भने पूर्ण रुपमा अबैध देखिन्छ ।

स्थलगत रुपमा धमाधम रुख काट्ने, गोलिया पार्ने काम भैरहेको छ । यस अबस्थामा बनहरुमा छरप्रस्ट रुपमा काठका गोलियाहरु भेटिन्छन् । काठ कटानी चल्दैगर्दा स–साना बोटबिरुवामा पनि ठुलो मात्रामा क्षती पुगेको छ ।

काटिएकामा काँचा रुखहरु पनि समावेश छन् । कटानीका क्रममा बैधानिक मापदण्डहरुको समेत चरम उलंघन गरिएको छ ।

ती सामुदायिक बनहरुमा पुरानो अनुमतीका आधारमा काठ कटानी चलिरहेको छ । निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहको उपभोक्ताले स्वीकार गरेका छन् ।

ती चार वटा सामुदायिक बन सहित ईलाका बन कार्यालय जोरायलले गत आर्थिक बर्षको बैशाखमा घण्टेश्वर र छतिवन गाविसका ११ वटा सामुदायिक बनहरुलाई सल्लाको काठको कटानी सहमती प्रदान गरेको थियो ।

सोही सहमतीका आधारमा एक महिनाभित्र सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो । सोही अनुसार इलाका बन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको ‘कटान रजिष्टर’ पेश भएको छ ।

fadani2

बास्तबिकतामा ति चार सामुदायिक बनहरुले काठ नकाटिसकेको बताएका छन् । मालिका सामुदायिक बनका अध्यक्ष हर्क बहादुर रावलले जेठ १५ सम्ममा आफुले सहमतीमा पाएको ४ हजार एक सय ६७ दशमलव ०५ क्यूफिट काठ मध्ये २१ सय क्यूफिट काठ मात्रै काट्न सकिएको बताए । बाकी काठ अहिले काटिएको उनले स्वीकार गरे । बाकी तिन सामुदायिक बनहरुको अबस्था पनि त्यस्तै छ ।

तर, ‘सामुदायिक बनको काठ÷दाउरा संकलन तथा बिक्रिबितरण निर्देशिका २०७१’ मा तोकिएको समयमा काठ काट्न नसकिए सहमती प्रदान गर्ने बनको निकायमा थप समय माग गर्नुपर्ने ब्यबस्था छ ।

तर, ईलाका बन कार्यालय जोरायल र जिल्ला बन कार्यालय डोटीले भने चालु आर्थिक बर्षमा कुनैपनि थप समय वा सहमती प्रदान नगरेको जनाएको छ । यसअर्थमा नयाँ भैरहेको कटान प्रक्रिया अबैधानिक देखिन्छ ।

मालिका सामुदायिक बनका अध्यक्ष रावलले भने मौखिक रुपमा बन कर्मचारीसंग अनुमती मागिएको बताए । उनले भने ,‘बनपाले नर बहादुर साहुलाई फोनमार्फत कुरा गर्दा काट्दा केही फरक नपर्ने भन्नुभएको थियो ।’

सिद्धबाबाका अध्यक्ष रोकामगरले आफुले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताए । ‘गतपालीको सहमती छदैथियो,’ उनले भने,‘त्यसैअनुसार काटेका हौ ।’

इलाका बन कार्यालय जोरायलका ईन्चार्ज सच्चिदानन्द सिँह काटिएको काठ संकलनका लागि मौखिक जानकारी आएको तर, काठ काट्न थप समय कसैले नमागेको बताउँछन् ।

‘मौखिक रुपमा गतआर्थिक बर्षमा सहमती प्रदानपछि काटिएको काठ घाटगद्दीसम्म पुर्‍याउनका लागि जानकारी आएको थियो ।

त्यसका लागि कुनै ब्यबधान थिएन् । मौखिक रुपमै सहमती दियौ,’उनले भने,‘मलाई जानकारीमा आए अनुसार उतिबेलाको सहमती अनुसारको काठ उतिबेलै काटिएको थियो । त्यो प्रतिबेदन अनुसार थप काट्ने समय आवश्यक नै थिएन् ।’

शुक्रबार जिल्ला बन अधिकृत कार्की सहितको टोली फडानी क्षेत्रतर्फ गएको छ । स्थलगत अध्ययनपछि दोषि भेटिएकालाई कार्बाहीको दायरामा अगाडी बढाउने जिल्ला बन अधिकृत कार्कीले बताए ।