पोखरा, फागुन २७ । प्रमुख पर्यटकीय शहर पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुर खोलाको पुल जोखिममा परेको छ ।
स्टिल ब्रिज प्रक्रियाअनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँठाउँमा चर्किने र भाँचिने भएपछि पुल जोखिममा परेको हो । पुलको बेलैमा मर्मत नगर्ने हो भने भाँचिने खतरा बढेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए ।
स्टिल ब्रिजमा यस्तो समस्या आएको नेपालमा पहिलो पटक भएको उनले जानकारी दिए । पुलको बटम कड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर एउटा भाँचिएको उनको भनाइ छ ।
गत शुक्रबार बटम कट चर्किएको देखेपछि पुलको मर्मत सम्भार गर्न थालिएको छ । अहिले पुललाई तलबाट टेका दिएर चर्केको ठाउँमा वेल्डिङ गर्ने काम भइरहेको छ । पुल मर्मत गर्न करिब एक महिना लाग्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्