Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


संस्कृति जोगाउन युवाको पहल (भिडियो रिपोर्ट)


0
Shares

तर, अवसर र सुविधाको खोजीमा सहर भासिने प्रवृत्तिले गर्दा गाउँघरका सांस्कृतिक चाडपर्व पनि विस्तारै ओझेलमा पर्न थालेका छन् ।

अधिकांश तामाङ समुदायको बसोबास रहेको धादिङ जिल्लाको कटुन्जे गाविसको हुलाकी गाउँ कुनैबेला देशकै एउटा उदाहरणीय गाउँ थियो ।

विभिन्न मेला, पर्व तथा महोत्सवमा यहाँका तामाङ समुदायले देखाउने एकता सबैका लागि उदाहरणीय बन्ने गर्दथ्यो । तर, अहिले अवस्था त्यस्तो छैन, सुख खोज्ने भन्दै सहर छिर्न थाल्नेहरुको समूह बाक्लिन थालेपछि गाउँ पातलो बन्न थालेको छ ।

तर, यही पातलो बस्तीभित्रैबाट पनि आफ्नो पिता–पुर्खाले जोगाएको संस्कृतिलाई जीवितै राख्नुपर्छ भन्ने समूहहरु पनि विस्तारै निस्कन थालेका छन् ।

यही मर्मलाई बुझेर कटुन्जेका केही युवाहरुले अहिले कम्तीमा वर्षमा एकपटक गाउँ फर्केर संस्कृति जोगाउने पहल थालेका छन् ।

गत शनिबार परेको सोनाम ल्होसार मनाउन उनीहरु गाउँघरमै पुगे । काम विशेषले विदेशिनु परेपनि आफ्नो गाउँमा फर्केर संस्कृति जोगाउन पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् ।

गाउँलेको यो खुसीमा राष्ट्रियस्तरका कलाकारहरुले पनि साथ दिएका थिए । वरिष्ठ लोकगायक विमलराज क्षेत्री भूकम्प तथा बाढी–पहिरोबाट थिलो–थिलो बनेका गाउँबस्तीमा पुगेर संस्कृति जोगाउने युवाहरुको प्रयास स्वागतयोग्य रहेको बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।