Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राजधानीको कुलेश्वरमा गएराति भीषण आगलागी


0
Shares

विधान महर्जनले सञ्चालन गरेको जस्ताको टहराको पसलमा आगलागी भएको हो । आगलागीबाट २७ वटा पसलमा क्षति पुगेको जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंले जनाएको छ ।

क्षतिको यकिन विवरण आइनसके पनि लाखौं रुपैयाँको धनमाल नोक्सानी भएको अनुमान छ । बेलुका सवा ८ बजे लागेको आगो करिब ११ बजेमात्र निभाउन सकिएको थियो ।

मेसिनरी, मासु, फेन्सी, पर्दा तथा कार्पेट, भाँडा, रसायन लगायतका धेरै सरसामान राखिएका पसलमा आगोले क्षति पुर्‍याएको छ । ६ वटा दमकल र खानेपानी ओसार्ने ट्याङ्करको सहायताबाट आगो निभाइएको थियो ।