भारतको राजधानी दिल्ली स्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मतिमा लोकेश शाहको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्ष देव बहादुर कुँवर, महासचिव गोबिन्द पोखरेल, सचिव ऋषिराम अधिकारी, सहसचिव अर्जुन खनाल र कोषाध्यक्षमा धनबहादुर बिक चयन गरेको छ ।
समारोहमा भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने बताए ।
शाखाका अध्यक्ष शाहले भारत भरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई महासंघमा आवद्ध गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्