शनिबार जापानको टोकियोमा सम्पन्न बौद्धिक ब्यक्तिहरुको बृहत भेलाले बलराम श्रेष्ठको अध्यक्षतामा ३७ सदस्यीय फाउण्डेशन स्थापना गरेको हो ।
फाउण्डेशनले बीपीको प्रजातान्त्रिक समाजवाद र गणेशमानको वलिदानीपूर्ण राजनीतिका जीवनलाई जापानी, नेपाली तथा बिश्व समुदायबीच फैलाउने गरी विभिन्न कार्यक्रम गर्ने भएको छ ।
‘फाउण्डेशनमा जापानमा बसोबास गर्ने समाजसेवी, ब्यापारी, कानुन ब्यबसायी, बौद्धिक बर्ग, डाक्टर, इन्जिनियर, मानव अधिकारबादी तथा विद्यार्थीहरु आवद्ध रहेको नवनिर्बाचित अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिए ।
‘हाल बिश्वमा भइरहेको अधिकतम विकासको मूलभुत जानकारीहरुको अध्ययन, अध्यापन, सोध, सेमिनार, पाठ्यक्रम तयार गरि बिश्व समाजलाई मानब कल्याणकारीको पथतिर अग्रसर गर्न कार्यहरु यसले गर्ने छ’ अध्यक्ष श्रेष्ठले भने, ‘बीपी र गणशेमानको विचार फैलाउन ेदेखि नेपाल–जापान सम्वन्धमा यो फाउडेशन सक्रिय हुनेछ ।’
श्रेष्ठको अध्यक्षतामा गठित फाउडेशनको वरिष्ठ उपाध्यक्षमा राजन प्रधानाङ्ग, दुई उपाध्यक्षमा आकेमी मिजुबा र नारायण सुबेदी, सचिवमा इमुरा हिरोको, सहसचिवमा डा.मनोहर लालश्रेष्ठ र कोषध्यक्षमा सुजन जोशी चयन भएका छन् ।
सदस्यहरुमा डा .सन्दिप शाक्य, डा .सन्तोष श्रेष्ठ, योसिफुमीनी, बिनोद शेरचन, इन्दिरा सुजुकी, आकेमीउचिदा, लक्ष्मन श्रेष्ठ, कृष्ण भण्डारी, केदार श्रेष्ठ, रुमीशाक्य, इशोर जोशी, बिष्णु पाण्डे, अमर केसी, उत्तम प्रधान र गंगा शाही चयन भएका छन् ।
त्यस्तै सदस्यमै यम कुमार बुढाथोकी, हंसराज राउत, शम्भु श्रेष्ठ, ऋद्धि बहादुर तुम्बाहाम्फे, मिना श्रेष्ठ, बिनितामाङ, बिनोद भट्टराई, गीता प्रधान, रोशन केसी, पदम प.चापागाई, बिष्णु अर्याल, रामकृष्ण बम मल्ल, नबराज थापा, रेसम डंगोल, आनन्दबहादुर क्षेत्री र भेष नारायण श्रेष्ठ छन् ।










प्रतिक्रिया दिनुहोस्