Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निर्वाचन कसुर सम्बन्धि विधेयक संसदबाट पारित


0
Shares

सोमबार बसेको संसद् बैठकले राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन कसूर तथा सजाय विधेयक २०७३ पारित गरेको हो ।

निर्वाचनमा दल तथा उम्मेदवारलाई व्यवस्थित र अनुशाशित बनाउन यो विधेयक बनाइएको हो ।

बैठकमा सो विधेयक प्रस्तुत गर्दै गृहमन्त्री विमलेन्द्र नीधिले राजनीतिक दल तथा उम्मेदवारलाई व्यवस्थित गर्दै निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहित बनाउन विधेयक महत्वपूर्ण हुने बताए ।

निर्वाचन सम्बन्धि विधेयक प्रस्ततु गर्न गृहमन्त्री निधि विना सूचना वैठकमा अनुपस्थित भएपछि पहिलो वैठकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण सम्बन्धि पाँचौं संशोधन पारित गर्दै स्थगित गरिएको थियो ।

त्यसपछि मन्त्री निधिलाई फोन गरेर वैठकमा बोलाएर निर्वाचन सम्बन्धि विधेयक प्रस्तुत गराइएको थियो ।

निर्वाचन सम्बन्धि दुई वटा विधेयक अभैm पनि राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेका छन् भने चार वटा विधेयक संसदमा पुगेकै छैनन । संसद बैठक पर्सी तीन बजेका लागि बोलाइएको छ ।