
-संजिव कार्की
प्रजापरिषद देखि सुरु भएको नेपाली राजनीतिक दल बन्ने प्रक्रिया आजपर्यन्त नयाँ/नयाँ पार्टी र दलको नाममा दर्ता हुने, गठन-बिगठन हुने, बन्ने-भत्कने,मोटाउने-दुब्लाउने, टुट्ने-फुट्ने, जुट्ने-मिल्ने, अस्तिवमा रहने नरहने आफ्नो प्रभाव र प्रभुत्वले चीर स्थाई हुने देखि बिलाएर जाने सम्म हुँदैछन् । राजनीतिमा यसलाई सामान्य अर्थमा बुझिन्छ तर कहिलेकाही समयले भिन्न रुप, रंग साज, सजावट हाउ, भाव नयाँसोच, नयाँशैली र नयाँ घटनाक्रमको ‘डिमाण्ड’ गर्छ र कोहि नवीनतम रुपमा आओस भन्ने अपेक्षा गर्छ ।
यस्तै जनअपेक्षालाई आशाको किरण छर्दै उदौउदै गरेको नेपाली राजनीतिक रंगमंचको नितान्त नौलो र नयाँ आयाम सहितको दल हो विवेकशील नेपाली दल । हुनत धनबहादुर नाम राखेर कोहि अमिर, कुवेर र धनि बन्ने हैन अनि गरिवदास नामकरण भएको कारण कोहि संधै गरिव नै हुनुपर्छ त्यो पनि होइन । कर्मले नै नामको सार्थकता बताउँछ , कर्मलेनै भाग्य र भविष्यको फैसला गर्छ । रुपमा सुन्दर,आचरण, ब्यबहार र कर्ममा पनि सुन्दर हुनु , बन्नु एउटा सुखद संयोग हो, यस्तै बनोस विवेकशील नेपाली दल ।
अनैतिक, भ्रष्ट ,निर्लज्ज, विवेकसुन्य, विवेकहीन ,विवेकलाई बन्दक राखेर चल्ने वौद्धिक जमात र नैतिकता र इमान्दारिता ह्रासन्मुखबन्दै गएको नेपाली समाजलाई यसको नैतिकधरातल र नैतिक धर्मलाई माथि उठाउन एउटा छुट्टै अभियान विचार संकल्प र कार्यशैली अनि तदारुकताको खाँचो छ जसलाई पूर्ति गर्ने आग्रहमा देखिन्छ विवेकशील नेपाली दल । निरन्तर खस्कदै गएको नेपाली समाजको नैतिक मनोविज्ञानलाई क्रमशःउकास्ने यत्नमा छ विवेकशील नेपाली दल । विवेक, सत्य, न्याय र निष्ठा अनि पवित्रताको खडेरी परेको समाजमा विवेकशील हुनु आफैमा एउटा चुनौती र जोखिम हो ।
बिग्रेको भत्केको परिपाटी मा असल र फरक भएर हिड्नु अनि अरुलाई पनि हिड्न प्रेरित गर्नु एउटा पागलपन हो , पागल बन्ने र बनाउने पागलपनको फरक स्वादमा हिडेको देखिन्छ विवेकशील दल र यसका नेता कार्यकर्ताहरु । समाजको बेथिति , बेमतलव र बेचैनी विरुद्दको पागलपन पक्कै पनि नेपाली समाज र देशलाई नयाँ रुपान्तरणको लागि हो । डाक्टर गोविन्द केसीको सत्याग्रहलाई जसरि विवेकशील नेपालीले बिना राजनीतिक लाभ हानि आफ्नो र देशको लागि भनेर सोच्यो । लोकतन्त्रमा लोकमानतन्त्र जसरि मौलायो त्यसको बिरुद्ध एकाध पार्टीका एकाध नेताहरु मात्र लुकिछिप बोले कोहिले खुलेर बोले तर बोल्नेको जमात सानो थियो तर जब डाक्टर गोविन्द केसी आफ्नो ज्यानको जोखिम मोलेर भोकै मर्न राजि भए त्यतिबेला सिंगो पार्टी नै बोल्ने र बोले बापद घेराउ गरे बापद जेल जाने विवेकशील नेपाली मात्र त्यस्तो एक मात्र पार्टी हो जसले लोकमानको अख्तियार दुरुपयोग बिरुद्द आफ्नो नैतिक हुंकार प्रस्तुत गर्यो । सक्रियतापुर्वक आफ्नो सम्पूर्ण अवयव दिलो ज्यान लगाएर परिचालित गर्यो । त्यसले यसको पक्षता र कित्ता स्पस्ट गरिदिएको छ बेथिति विसंगति अनि बेरुजु र बेइमानी विरुद्धको आवाज र गर्जन नै विवेकशील नेपाली हो ।
अधिकारको ठूला–ठूला गर्जन गर्नेहरु कर्तब्यको सिन्को समेत भाँच्न नसकिरहेको बेला विवेकशील नेपालीले भूकम्पको बेला गरेको तत्पर र आपतकालीन सहयोग प्रसंसायोग्य छ । कति चुस्त दुरुस्त ब्यबस्थापन गरेर आफ्नो ब्यबस्थापकीय क्षमता प्रदर्शन गरेको छ । ठुला ठुला बाद र सिद्दान्तको विश्वप्रसिद्ध ठेली घोकेर फलाक्ने भन्दा सामान्य व्यवहारबादको, तत्कालिन माग र आवश्यकताको पहिचान गरेर सामन्यकरण गरि आत्मसाथ गर्ने बाट खोजेको काम र परिणाम सम्भव छ भन्ने तथ्यलाई देखाउदै छ , नगर टोल गाउ घर सरसफाई होस् या सहरको सिंगो सभ्यता बोक्ने र देखाउने नदि सफाइ विवेकशील नेपालीको सक्रियता र अगुवाइ अब्बल छ ।
बिभिन्न स्वास्थ्य शिविर संचालन देखि रक्तदान कार्यक्रम सम्म उम्दा भएर लाग्दैछ , सिकाउदै छ विवेकशील नेपाली िआफ्नो जन्मको लगभग तीन वर्षमै आशा र विश्वास अनि भरोसाको संचार गर्न सफल हुँदैछ । राजनीतिक परिदृश्यमा छोटो समयको उपस्थितिले पनि आफ्नो प्रभाव र स्वभावलाई व्यवहारबादी भएर देशभर पुराउने क्रममा दिन दुगना रात चौगुना आफ्ना समर्थक, प्रसंशक र सक्रिय सदस्य संख्याको बढोत्तरी निश्चय पनि यसको नेतृत्वको क्षमताको परिचायक हो ।
भोलिको नेपाल हाक्ने युवाहरुको समुह आफ्ना कलिला र रसिला मलिला हातहरुलाई , दिमागहरुलाई सफा मनहरुलाई विस्तारै सहर बाट गाउँ–गाउँ, कुना –काप्चा, भिर–पाखा, तराई/पहाड सम्मका विवेकशील नेपालीहरु सम्म फैलाउदै छ ,पुर्याउदैछ , खारिदैछ, झाँगिदैछ । आफुलाई फराकिलो दायरामा लैजादैछ । अवको नेपालको राजनीतिको वैकल्पिक र नयाँ शक्ति भनेको नै विवेकशील नेपाली हो । हरेक पटक परिक्षित र असफल राजनीतिक खेलाडी र पार्टीहरु जहाँ अब धेरै रिटायर्ड र टायार्डहरु मात्र बाँकी छन्, भीआइपी र भीभी आइपीहरुको क्लब सेन्टर र समय कटाउने मेलो मात्र बन्दै छ पुराना पार्टीहरु । आउट डेटेडहोइन अब अपडेटहरु अब देशको लागि कारिन्दा बन्नु पर्छ । अरु बुढा पुराना भन्दा नितान्त फरक सोच,शैली रचनात्मक क्रियाशीलता ब्यबहारिक आदर्श र सुझबुझ पूर्ण नेपालीपन,स्वभाव र ब्यबहार नै विवेकशील नेपालीको परिचय हो ।
सुकर्ममा संधै आफुलाई दुरुस्त चुस्त र चनाखो राख्ने तर जसको होडबाजी नगर्ने , कर्म अनुसारको फल अवश्य मिल्छ भन्ने विस्वासमा रम्ने उद्दात्त भावना नै यसका नेता कार्यकर्ताको निष्ठा हो समर्पण हो । देशको लागि अब रगत हैन पसिना बगाउने । श्रम र शिप गर्ने हातले बन्दुक हैन औजार खेलाउने र बोक्ने हो । हिजो कसैलाई झोला बोकाउने राजनीति हुन्थ्यो जो पुराना पार्टीहरु अझ पनि गर्दै छन तर विवेकशील नेपाली आफ्नो झोला आफै बोक्ने आफ्नो काम आफै गर्ने कोहि दास र कोहि मालिक बन्ने होइन सवै आफ्नो क्षमता अनुसार कर्म गर्ने सामाजिक आदर्श कायम गर्ने मान्यताको राजनीति गर्ने , भेद र विभेदलाई छोडेर समताको राजनीति गर्ने । नाराको लागि होइन ब्यबहारिक समताको जड समात्ने । हाम्रो देशमा चलेको बिरोधको नाममा गरिने बन्द संस्कृति छ जुन असाध्यै भयानक र घातक रोग हो जसले देशको अर्थतन्त्रलाई खोक्रो धोद्रो र धाराशायी बनाउदै छ । बनाएको छ । जसको बर्खिलापमा जानु नेपालीको बाध्यता छ तर आँट छैन तर विवेकशील नेपालीले बन्दको बिरुद्ध शालीन रचनात्मक बिरोध गरेर बन्द संस्कृतिलाई हटाउने जुन संकल्प गरेको छ त्यो नेपाल आपसे आफ केहि कदम अघि बढ्ने अचुक अस्त्र हो । जब बन्दको आब्हान गरिन्छ तव विवेकशील नेपाली युवाहरु मार्फत त्यसको शालीन र सन्दर्भ सहितको बिरोध गरेर जनचेतना र सभ्य प्रतिकार नेपाल बन्द हैन खुल्ला छ भन्दै हिड्छन ।
आफ्ना सम्पूर्ण कलकारखाना, उद्योग, धन्दा ,पसल विविध ब्यबसाय, यातायात ,स्कुल ,क्याम्पस खोलौं भन्दै हिड्छन केहि मात्र भए पनि ब्यबसायी भरोसा युक्त नजर राखेर खोल्ने हिम्मत गर्छन जुन बिस्तारै बढ्दैछ बन्द प्रतिको वितृष्णा र घृणा अनि क्षति बारेमा जनमत सचेत र जागरुक हुँदैछ । बन्दको क्षतिले पुगेको हैरानी बारेमा मुख खोल्दैछ जसको श्रेय विवेकशीलको पोल्टामा बढी जान्छ । बन्द हड्ताल विवेक हरामहरुको काम हो भन्ने मान्यता विवेकशील नेपालीको रहेको देखिन्छ ।
बिभिन्न सभा समारोह जुलुस र्याली पछि निस्कने फोहोर आफै र आफ्ना स्वयं सेवक मार्फत सर सफाई गरेर तुरुन्त शहर, बजार चोक सफा राख्ने, गर्ने यो पार्टीको कर्तव्यबोधपूर्ण अनुशासन सबैको लागि अनुकरणीय छ िपुराना स्थापित ब्यबहारिक मुल्य र मान्यता जसले जुनसुकै पार्टी र राजा महाराजले चलाएको भए पनि जसको श्रेय उनलाई दिएर राम्रा कुरा र संस्कार जो संग बाट पनि सिक्न र जान्न सकिन्छ भन्ने मान्यता राख्छ विवेकशील नेपाली । विवेकशील नेपालीको नारा र सिद्धान्तहरु पनि लोभलाग्दो र आकर्षक नै छ जति ब्यबहार हेर्न लायक छ । सेवक सरकार ,उध्यमशिल समाज ,हितकारी राज्य ,विवेकशील नागरिक र निर्माणको सोच । युवा भिजन र युवा नेतृत्वको यस्तो छ विवेकशील नेपाली बन्ने अवधारणा । कम्तिमा यी छ वटा मूल्य, मान्यता र आचरणलाई अंगिकार या आत्मसाथ गरेको आधारमा विवेकशील नेपाली बन्न सकिने र हुने प्राबधान छ भन्छन यसका नेता र कार्यकर्ताहरु । प्रथमत व्यक्तिमा न्यायलाई न्याय र अन्यायलाई अन्याय भन्ने सहास हुनुपर्छ ।
द्वितीय देशको सवै बर्ग ,क्षेत्र धर्म, भाषा, लिंग,बर्ण र उमेरलाई अंगाल्न सक्ने हुनुपर्छ । विनम्रता तृतीय मान्यता हो भने चौथोमा पारदर्शीता पाँचौमा उत्कृस्टता र छिटै मान्यता हो निष्ठा । विवेकशील नेपाली पार्टी मात्र हैन यो एउटा परिपाटी पनि हो यसले राजनीतिक संस्कारलाई पुन परिभाषित गर्ने काम गर्छ त्यसको सपोर्ट र प्रमोटको लागि यो दलले आफ्नो संरचनालाई अरु पार्टी र तीनको पृष्ठभुमि भन्दा अलग्गै र भिन्न ढाँचामा ढालेको छ ।
आफ्नो संरचनमा आपसमा सन्तुलन र नियन्त्रण को प्रभावकारी ब्यबस्थापनलाई विषेस जोड बल गरेको छ । शक्ति पृथकीकरणको सिदान्त अनुरुप राज्यका निकायहरुको स्वतन्त्र अस्तित्वलाई ध्यानमा राखी ब्यस्थापिका , न्यायपालिका र कार्यपालिका को गठन भएको हुन्छ जसलाई राज्यमा मात्र नभएर पार्टीमा पनि अबलम्बन गर्दै पार्टीको तल्लो निकाय देखि केन्द्रसम्म सोहि बमोजिमको व्यवस्थाको संरचनालाई ग्रहण गरेको छ ।
उद्यमशील युवा ,समाज र देश भन्ने नारालाई ब्यबहारिक रुप दिन सुरु देखि नै यसले हजारौ युवाहरुलाई तालिम परामर्श र प्रेरणा दिएर रोजगारी सिर्जना गर्दै बाहिर श्रम र पसिना बेच्न जान बाध्य नेपालीलाई स्वदेशमा नै केहि गर्नु पर्छ आफैले केही गर्नु पर्छ आफै मालिक आफै कामदार बनेर श्रम शिप र पसिना यहि देशमा खर्चिने बातावरण पनि बनाएको छ । हाम्रै पालामा हामीबाट नै हामीले नै यो देशको समृद्धी र काया पलट सम्भव छ हामीले नै सक्छौ हामीले नगरे,कसले गर्ने ? र कहिले गर्ने ? भन्ने यसको श्लोगान बाट स्वदेश र बिदेशमा रहेका हजारौ नेपाली युवायुवतीहरु आकर्षित भएर देश बनाउने महाअभियानमा लामबद्द हुने क्रम बढ्दोछ भन्छन विवेकशील नेपालीका लिडरहरु । राजनीतिमा लागेर बिग्रे आफूमात्र बिग्रने सप्रे देशलाई नै सपार्ने यसका लिडरहरुको निष्ठा र प्रतिबद्दता मार्मिक र घतलाग्दो अनि आशाप्रद देखिन्छ ।
यो लोकमा सवै कुराको एउटा आफ्नै छुट्टै र बिसिस्ट नियम परिधान बिधान प्रक्रिया गति र सिमा हुन्छ समय भन्दा छिटो केहि पाउन सकिन्न, समयलाई पर्खने धैर्यता र अनुशासन देखाउने क्षमता राख्न सक्नुपर्छ , समय यस्तो चिज हो जो पर्खाएर कहिल्यै छोड्दैन तर मेहनत परिश्रम र असल कर्म गर्न छाड्नु हुन्न । राजनीति आज रोपेर आजै अहिल्यै र तुरुन्तै फुल्ने फुल र फल्ने फल हैन जो संसारमा केहि चिज र संरचना पनि छैन जो अहिल्यै परिणाम दिन सकोस झन् राजनीति जस्तो जटिल ,कुटिल र दुरुह र चुनौतिको पहाड केहि छिन, घडि, दिन, महिना र बर्षमा छिचोल्न सकियोस । यसको लागि बर्षौ, बर्ष को घाम पानी, भोक तिर्खा ,जाडो गर्मि ,असिना झरी ,हिऊ, हावा हुरी खप्नु पर्छ सहनु पर्छ पचाउनु पर्छ ।
भोलिको नेपालको भार थाप्न काँध बलियो बनाउदै गरेका विवेकशील नेपालीका युवायुवतीहरु अब हुने भनिएको स्थानीय निकायको चुनावमा आफ्नो बिशेस प्रभाब र आधार क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रने सोच र तयारीमा छन् । जहाँ जहाँ बाट सकारात्मक परिणाम र जनमत प्राप्त हुन्छ त्यहाँ र ती भू भाग र क्षेत्रलाई फरक छुट्टै र देशकै रोल मोडेल बनाउने सपना र ध्याउन्नमा छ विवेकशील नेपाली दल । राजनीति देखि सबैखाले प्रपन्च र ब्यबस्थापन अनि फरक र नौलो पनलाई जति चुनौती, अप्ठ्यारा र व्यवधान जोखिम हुन्छ त्यति अरुलाई हुन्न तर यहाँ स्मरणीय के छ भने पुराना र मूल धारका राजनीतिक पार्टी नेता र तिनका कार्यकर्ता बाट जनता निराश वाक्कदिक्क भएको बेला विवेकशील नेपाली दल झैँ विवेकलाइ आफ्नो मान्यता पहिचान र धर्म बनाएको महाअभियान लाई जनमत आफ्नो प्रभावमा खिच्ने सुनौलो मौका र अवसर हो । यो मौका यसले कसरी सदुपयोग गर्छ यसबाट पनि यो पार्टीको भावीदिनहरु कस्ता हुनेछन आंकलन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्