काठमाडौं, फागुन २६ । दुग्ध व्यवसायीहरुले सरकारले वैदेशिक लगानीमा नेपालमा गाई ल्याउन लागेकाले यो पेसाबाट किसानहरु मारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएको हो । सरकारले चीन र भारतबाट गाई ल्याउन लागेको र यसले किसानलाई असर पार्ने भन्दै उनीहरुले पेशाबाटै पलायन हुनुपर्ने आशंका प्रकट गरेका हुन् ।
कृषकहरुको संघसंस्थाहरुलाई कुनै सुइँकोसमेत नदिई सरकारले गाई ल्याउने सम्झौता गरेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले गुनासो गरे । अन्य देशबाट गाई ल्याउँदा उद्योगीहरु पलायन हुने र आयातमुखी अर्थतन्त्रको विकास हुने भएकोले नल्याउन उनीहरुले आग्रह गरेका हुन् ।
यस्तै, उनीहरुले स्वदेशी दुधको उत्पादन लागत घटाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्