Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा भएको विस्फोटको भर्त्सना


0
Shares

काठमाडौं, फागुन २६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा भएको बम विस्फोटको राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)ले घोर भर्त्सना गरेको छ ।

एनबिआईका संस्थापक सदस्य नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वर्तमान अध्यक्ष रोहन गुरुङको निवासमा भएको बम विस्फोटको एनबिआइले भर्त्सना गरेको हो । उसले विज्ञप्ती जारी गर्दै मुलुकमा आर्थिक समृद्धिका लागि निजी लगानीको सक्दो प्रोत्साहन गर्नुपर्ने समयमा निजी क्षेत्रलाई तारो बनाई आक्रमण गर्ने, हतोत्साहित पार्ने काम भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, सुरक्षित रुपमा उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न तथा दोषी पहिचान गरि कडाभन्दा कडा कारबाही गरि व्यवसायी गुरुङको भौतिक सम्पतिमा भएको क्षतिको उचित क्षतिपूर्ति दिलाई कानूनी शासन बहाल गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ ।

यता, घटनाको विरोधमा आइतबार देशभरका वैदेशिक रोजगारी व्यवसायीले व्यवसाय बन्द गरी विरोध गरेका छन् ।