Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


केयुमा पठन-पाठन ठप्प


0
Shares

विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो ।

विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठन–पाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए ।

काठमाडौं विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गरे । रासस