
एमालेले बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी आगामी फागुनदेखि देशव्यापी अभियान सन्चालन गर्ने घोषणा गरेको हो ।
फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु हुने १५ दिने अभियान तराईका विभिन्न जिल्लामा सन्चालन हुने एमालेले जनाएको छ ।
अभियानकाक्रममा एमालेका शीर्ष नेताहरुले नयाँ संविधान कार्यान्वयनमा खबरदारी गर्न सर्वसाधारणलाई आह्वान गर्नुका साथै आगामी माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन गराउन जनस्तरबाट दबाब सिर्जना गराउने बताइएको छ ।
अभियानको समापन चैत ५ गते सुर्खेतमा आमसभामार्फत् गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी संक्रमणकाल अन्त्य गरेर मुलुकमा स्थायित्व कायम गराउन पार्टीले अभियान थाल्न लागेको बताए ।
उनले तत्काल चुनावको मिति घोषणा गर्न सरकारसँग मागसमेत गरे ।
सत्तारुढ दलहरुले नै बाह्य शक्तिको भाषा बोलेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए ।
अध्यक्ष ओलीले एमालेलाई चिमोटेर देशको आँसु झार्ने कोसिस भइरहेको भन्दै यो प्रयास विफल पार्ने घोषणा गरे ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्