फाइल फोटो
भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रको शुभारम्भ एवं लिटिल योङ प्रिन्सेस अफ द युनिभर्स २०१७ विजेता रक्षा थापालाई सम्मान गर्न बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा उनले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तहको निर्वाचनमा जान नभ्याइने बताए ।
‘पहिलो प्राथमिकताका साथ स्थानीय निकायकै निर्वाचन गर्नुपर्छ भन्ने मेरो धारणा छ, यो विचार दलको होइन, दोस्रो प्राथमिकतामा सीमांकन पारित गरिनुपर्छ, त्यसपछि प्रदेश निर्वाचन गरिनुपर्छ, स्थानीय निकाय निर्वाचनपछि वातावरण खुकुलो हुन्छ’–उनले भने ।
तराईका केही जिल्ला ५ नम्बर प्रदेशबाट झिकेर ४ नम्बरमा राख्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको विरोधमा ठूलो जनसमुदाय लागेकाले त्यसको सम्बोधन सुझबुझपूर्ण तरिकाले गरिनुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले बीपीले भनेअनुसार प्रत्येक नेपालीको सानो घर, बिरामी हुँदा औषधोपचारको व्यवस्था, बालबालिकालाई अध्ययन गराउनसक्ने हैसियतको बनाउनु नै लोककल्याणकारी राज्यको नमुना भएको उल्लेख गरे ।
‘बीपीको यो विचारबाट कांग्रेस अलग भयो भन्ने जनगुनासो छ, प्रजातान्त्रिक समाजवादलाई पनि बीपीले यसरी नै परिभाषित गर्नुभएकाले यसलाई पूरा गरिनुपर्छ, नेपालीको जीवनस्तर उकास्न यसको आवश्यकता छ’–उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा, योङ प्रिन्सेस उपाधि विजेता थापा र केन्द्रका अध्यक्ष बलदेव तामाङलगायतका वक्ताले सरल र सादगी जीवन बिताएका स्व. भीमबहादुरको विचार ‘सबैको पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने’को सान्दर्भिकता आजका दिनमा अझ बढेको चर्चा गरे । रासस





प्रतिक्रिया दिनुहोस्