इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजले बुधबार राजधानीमा गरेको कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विनाशकारी भूकम्पले नेपालीलाई ठूलो शिक्षा दिएको भन्दै प्रकोपपछिको पुनःनिर्माणमा स्थानीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको सहकार्य महत्वपूर्ण हुने बताए ।
युरोेपेली संघको द होराइजन २०२० परियोजनाको सहयोगमा आयोजना गरिएको दुईदिने कार्यशालाले प्रकोपपछिको मानवीय व्यवस्थापनसम्बन्धी काठमाडौं घोषणापत्र जारी गर्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्