भवन निर्माण इजाजत महाशाखा प्रमुख राम कार्कीको संयोजकत्वमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यदलका सदस्यमा इन्जिनियर हिम्मत सिंह, केदार कार्की, कुन्दन अर्याल, विकल्प आचार्य र जीवन रेग्मी तथा सदस्यसचिवमा वीरबहादुर कार्की रहेका छन् ।
यसैबीच, महानगरपालिकाले सार्वजनिक जग्गामा व्यवसाय सन्चालन गर्नेलाई कानुनी आधारको प्रमाणपत्र पेस गर्न पत्राचार गरेको छ ।
महानगर–३० महाबौद्ध क्षेत्रमा राखिएका कपडा पसल हटाउन नपर्ने भए कारण, आधार र प्रमाणसहित महानगरमा लिखित जवाफ पठाउन यही माघ १० गते बसेको सम्झौता अध्ययन समितिको बैठकको निर्णयानुसार सात दिनको म्याद दिइ माघ १३ गते पत्राचार गरिएको हो । रासस










प्रतिक्रिया दिनुहोस्