तर, निर्वाचन घोषणा भए पनि मिति भने स्पष्ट नतोकिने बताइएको छ । सरकारले आगामी जेठ २० गतेसम्ममा चरणबद्ध गरी निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न निर्वाचन आयोगलाई पत्र दिन लागेको हो ।
निर्वाचन घोषणा गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना हुँदै आएको छ । यसअघि प्रधानमन्त्री दाहालले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा गर्ने बताउँदै आएका थिए ।
सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेसहितका दलले तत्काल चुनाव घोषणा गर्न दबाब दिँदै आएका छन् ।
तर संविधानप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चाले भने संविधान संशोधन नगरी निर्वाचन घोषणा नगर्न सरकारलाई दबाब दिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्