Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णय


0
Shares

विहीबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि लिखित आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो ।

सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले २०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले स्थानीय तह पुनःसंरचना आयोयले बुझाएको प्रतिवेदन अध्ययन र सुझावका लागि स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी सदस्य रहेको समिति पनि गठन गरेको छ ।

२ नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले दुई हप्ताभित्र अध्ययन प्रतिवेदनसहित सुझाव दिन समितिलाई ‘म्यान्डेट’ दिइएको छ ।

त्यस्तै, बैठकले चीनका गोन्जाओमा महावाणिज्यदूतमा सहसचिव रवि भट्राईलाई नियुक्त गर्ने र तनहुँको आठओटा सामुदायिक वनमा चिडियाखाना बनाउने निर्णयसमेत गरेको छ ।

Skip This