Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प छैन : देउवा


0
Shares

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् भेलाको राजधानीमा उद्घाटन गर्दै उनले मधेशी जनताको मागलाई सन्तुलित ढंगले संबोधन गर्न संशोधन प्रस्ताव पारित गर्नुपर्ने आवश्यकता औंल्याए ।

पराजित हुने डरले केही दल निर्वाचनमा जानबाट हच्किएको भन्दै देउवाले परिणाम के हुनेभन्दा पनि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नरहेको बताए । श्रमिकका हक अधिकार संरक्षण गर्न चुनौती रहेको भन्दै देउवाले श्रमिक आयोग बनाउन आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालाले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले त्यसको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताए । मुलुकको आवश्यकता चुनाव भएको भन्दै उनीहरुले निर्वाचनको वातावरण बनाउने भूमिका खेल्न कार्यकर्तालाई आग्रह गरे ।

पश्चिममा हलो जोतेर र पूर्वमा मजदुर आन्दोलनबाट ट्रेड युनियन आन्दोलन शुरु भएको भन्दै मजदुर आन्दोलनमा नेपाली कांग्रेस सँगै रहने उनीहरुको भनाइ छ ।

देशभरबाट आएका ट्रेड युनियन प्रतिनिधिहरुको परिषद भेला दुई दिनसम्म चल्ने छ ।