फाइल फोटो
शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर–१ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए ।
समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्दै उनले एमाले कुनैपनि हालतमा निर्वाचन पर धकेल्ने कुनैपनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए ।
सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो ।
उनले भने–‘सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेरमात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्ररुपमा प्रस्तुत् भएको छ ।’
निर्वाचन हुन नदिने सबै चालबाजीविरुद्ध एमाले जिम्मेवार ढंगले शसक्तरुपमा प्रस्तुत् हुने भन्दै अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक संकट आउने दाबी गरे ।
‘यस्तो असहज परिस्थतिलाई रोक्न एमालेले मेचीकाली राष्ट्रिय अभियान सन्चालन गर्न लागेको’ स्पस्ट पारे ।
कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको बताए । रासस





प्रतिक्रिया दिनुहोस्