Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘प्रधानमन्त्री–मोर्चाबीच संविधान संशोधन टुंग्याएर चुनावको मिति घोषणा गर्ने सहमति’


0
Shares

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले संविधान संशोधन गरेपछिमात्र निर्वाचनको मिति घोषणा गर्ने तयारी प्रधानमन्त्रीले गरिरहेको बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिबिना गरिने चुनावको कुनै औचित्य नहुने भएकाले प्रधानमन्त्रीले मधेसी मोर्चासहित सबैलाई सहमतिमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री र मधेसी मोर्चाबीच संविधान संशोधन प्रक्रिया टुंगो लगाएर निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको स्पस्ट पारे ।

कार्यक्रममा मधेसी मोर्चाका नेता महेन्द्रराय यादवले संविधान संशोधन नगरी आफूहरु कुनैपनि हालतमा निर्वाचनमा नजाने बताए ।

संविधान संशोधनलगायतका आफूहरुका माग सम्बोधन गर्न प्रमुख तीन दलले आनाकानी गरिरहेको उनको आरोप थियो ।

नेता यादवले संविधान संशोधन विधेयक पारित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे ।

नेकपा एमालेका नेता रघुवीर महासेठले संविधान कार्यान्वयन हुन नदिन नेपालका केही राजनीतिक दल र विदेशी लागिरहेको आरोप लगाए ।

उनले तत्काल निर्वाचनको मिति घोषणा नभए मुलुक संकटमा पर्ने चेतावनी पनि दिए ।

राप्रपाका नेता राजाराम श्रेष्ठले संविधान संशोधनभन्दा पहिले निर्वाचन अनिवार्य रहेको बताए ।