Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेस–माओवादी हार्ने डरले चुनावको मिति घोषणामा ढिलाइ : ओली


0
Shares

शनिबार सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र नेपाली कांग्रेसले पराजित हुने डरले चुनावको मिति घोषणामा अनावश्यक ढिलाइ गरिरहेको आरोप लगाए ।

अहिलेको सरकार स्वतन्त्र ढंगले चल्न नसकेको भन्दै उनले अरुकै निर्देशनमा चल्नेहरुले देशको हित नगर्ने पनि बताए ।

ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा धेरै स्थानमा जितेर एमाले देशको एक नम्बर पार्टी बन्ने ठोकुवासमेत गरे ।