काठमाडौं, फागुन २५ । हिमाल आरोहणमा जानेहरुलाई लक्षित गरी ‘फ्रोजन ड्राइफूड’ नेपाली बजारमा भित्र्याइएको छ ।
एभरेस्ट ट्रकर्स फ्यूलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फ्रोजन ड्राइफूड नेपाली बजारमा भित्र्याइएको जानकारी दिएको हो ।
अमेरिकामा उत्पादित यस किसिमको उत्पादनले हिमाल आरोहण गर्न जानेहरुको लागि सहज हुने कम्पनीको दाबी छ ।
हिमाल आरोहीलाई बोक्न सहज हुने तीन प्रकारका खाद्यान्न भित्र्याइएको एभरेस्ट ट्रकर्स फ्यूलका कार्यकारी श्रीजल सिम्खडाले बताए ।









प्रतिक्रिया दिनुहोस्