Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


आफ्नो जलमार्ग हुँदै नेपालका तीन नाकासम्म पारवहन सन्चालन गर्न दिन भारत सहमत


0
Shares

काठमाडौं, फागुन २५ । भारत आफ्नो जलमार्ग हुँदै नेपालका तीन नाकासम्मको पारवहन सन्चालन गर्न दिन सहमत भएको छ ।

दुई देशबीचको जल तथा सिँचाइ समूहको संयुक्त कार्यदलको काठमाडौंमा सम्पन्न दुईदिने बैठकले नेपाललाई ‘तत्काल लाभ लिनसक्ने गरी’ ती रुटमा पारवहन सन्चालन गर्न दिने सहमति गरेको हो ।

नेपाल  भारतबीच सन् १९९९ मा भएको पारवहन सन्धिमा भएको व्यहोरामा संशोधन गरी भारतले हाल गंगा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले लाभ लिन यी तीनओटा रुट प्रयोग गर्नसक्ने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ सहमतिपछि नेपालले कोलकाता–हल्दिया–शिवगन्जसम्म जलमार्ग र त्यहाँदेखि मरिहरी हुँदै जोगबनी, विराटनगरसम्म स्थलमार्गबाट सामान निर्यात तथा आयात गर्नसक्नेछ ।

यस्तै, कोलकाता–हल्दिया–शिवगन्जसम्मको जलमार्गदेखि भागलपुर–जोगबनी–विराटनगरसम्मको स्थलमार्ग र कोलकाता–हल्दिया–कालुघाटसम्मको जलमार्गदेखि कालुघाट रक्सौल–विराटनगरसम्म सामान आयात निर्यात गर्नसक्ने सहमति जुटेको जल तथा उर्जा आयोग सचिवालयले जनाएको छ ।