
उतार–चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १३ सय ४८ मा आएर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे ।
बीमा समूह सबैभन्दा उच्च १ सय २४ अंकले झर्यो । होटल समूहमा ४८ अंकको कमी आयो । वाणिज्य बैंक र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ६ लाख २७ हजार कित्ता सेयर २३ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्