Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हिमपातका कारण अवरुद्ध रसुवागढी भन्सार सुचारु


0
Shares

रसुवा । हिमपातका कारण सडक अबरुद्ध हुँदा एक महिनादेखि रोकिएको रसुवागढी भन्सार कार्यालयबाट हुने आयात–निर्यात पुनः सुचारु भएको छ ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण सडक अवरुद्घ हुँदा चीनबाट आउने सामाग्री रोकिएपछि एक महिनादेखि कारोबार ठप्प भएको थियो ।

तर अहिले हिउँ पग्लिएर सडक सुचारु भएसँगै भन्सार कार्यालयको कारोबार पनि सञ्चालनमा आएको हो ।

चीनको केरुङमा पाँच दिन अघिबाट नेपालतर्फ सामान लिएर आएका कन्टेनरमा चीन तर्फको भन्सार कार्यालयले शील लगाउन सुरु गरेपछि कन्टेनरहरु नेपाल आएसँगै कारोबार हुन थालेको रसुवागढी भन्सार कार्यालयका सुचना अधिकृत भूपेन्द्र कार्कीले बताए ।

अहिले चीनबाट नेपालतर्फ रेडिमेट कपडा, इलेक्ट्रोनिक सामान, जुत्ता चप्पल तथा कस्मेटिक सामान आएका छन् भने नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री निर्यात भइरहेका छन् ।

रसुवागढी भन्सार कार्यालयले दैनिक दुई करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गर्दै आएको छ । 

Skip This