
प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले जेठभित्रै निर्वाचन गर्ने गरी तयारी भइरहेको र मधेसी मोर्चासँग पनि समझदारीको प्रयास जारी रहेको बताएका हुन् ।
उनले मधेसी मोर्चा र एमालेलाई सहमतिमा ल्याएरै निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले मिति नतोकिएको स्पष्ट पारे । निर्वाचन हुने विषयमा कुनै शंका नगर्न उनले पुनः आग्रह गरे ।
प्रधानमन्त्री दाहालले निर्वाचन गर्न निर्वाचन आयोगलेसमेत काम शुरु गरिसकेको जानकारी दिए । निर्वाचनको माहोल बनाउन उनले प्रतिपक्षी दलसहित सबैलाई आह्वान गरे ।
अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री दाहालले राप्रपा कुनै पनि हालतमा सरकारबाट बाहिर नजाने दाबीसमेत गरे ।
अरु दललाईसमेत सरकारमा सहभागी गराउने प्रयास भइरहेकाले सरकार झन् बलियो हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्